प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गरिने

User Image Prime TV News २ हप्ता अगाडि
Image of प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गरिने

काठमाडौ । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।

मन्त्रिपरिषद्को निर्णयअनुसार भदौ १० गते नेपाल–चीन सीमा तथा भोटेकोशी नदी क्षेत्रमा भएको विपद्का कारण प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री र सबै मन्त्रीको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गरिनेछ।