ताल फुटेपछि चिनियाँ पक्षको निरन्तर निगरानी, तत्काल ठूलो बाढीको जोखिम कम

User Image Prime TV News २ हप्ता अगाडि
Image of ताल फुटेपछि चिनियाँ पक्षको निरन्तर निगरानी, तत्काल ठूलो बाढीको जोखिम कम

काठमाडौ । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम क्षेत्रमा बनेको ताल फुटेपछि चिनियाँ पक्षले घटनास्थलको अवस्थालाई निरन्तर निगरानी गरिरहेको जनाएको छ।

सरकारी स्रोतका अनुसार तालबाट पानीको बहाव बढ्दै गए पनि तत्काल ठूलो बाढी (आउटबर्स्ट) आउने जोखिम भने कम रहेको चिनियाँ पक्षको प्रारम्भिक आकलन छ। चिनियाँ पक्षले नेपाली अधिकारीलाई पठाएको सन्देशमा तालबाट पानी निरन्तर ओभरफ्लो भइरहेको र पानीको मात्रा बढेसँगै तालको आकारसमेत ठूलो हुँदै गएको उल्लेख गरेको छ।

सन्देशमा भनिएको छ, “तालबाट पानी निरन्तर ओभरफ्लो भइरहेको छ र पानीको मात्रा बढेसँगै तालको आकार पनि ठूलो हुँदै गएको छ। यद्यपि, अहिलेको अवस्थामा ठूलो पानीको विस्फोटक बहाव हुने जोखिम कम छ।”

यसअघि तालभन्दा तल्लो क्षेत्रमा बरफ–चट्टान (आइस रक) खस्ने घटना भएको थियो। त्यसपछि चिनियाँ पक्षले घटनास्थलको अवस्थालाई निरन्तर निगरानी गरिरहेको जनाएको हो। चिनियाँ पक्षले थप जानकारी प्राप्त भएमा त्यसबारे नेपाली अधिकारीलाई जानकारी गराउनेसमेत जनाएको छ।