विश्वकप यात्राको निर्णायक मोडमा नेपाल आज कतारसँग भिड्दै

User Image Prime TV News ११ महिना अगाडि
Image of विश्वकप यात्राको निर्णायक मोडमा नेपाल आज कतारसँग भिड्दै

काठमाडौ । आईसीसी टी२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स चरणमा नेपाल आज  कतारसँग प्रतिस्पर्धा गर्दैछ। विश्वकपमा प्रवेश गर्ने सम्भावना बलियो बनाइसकेको नेपालका लागि यो खेल अत्यन्तै महत्वपूर्ण मानिएको छ।

समूहबीको विजेता नेपालले समूहको विजेता यूएईलाई एक रनले हराउँदै सुपर सिक्समा चार अंक जोडिसकेको छ। अंकबिहीन कतारविरुद्ध जित निकाल्दै आगामी विश्वकपको ढोका खोल्ने लक्ष्यसहित नेपाली टोली मैदान उत्रिने तयारीमा छ।

नेपाल र कतारबीचको खेल सोमबार राति ओमानमा सुरु हुनेछ। सुपर सिक्समा नेपालले यसअघि यूएईलाई हराइसकेको छ भने अब कतारपछि ओमान र सामाओसँग पनि प्रतिस्पर्धा गर्न बाँकी छ। बुधबार ओमानसँग र शुक्रबार (असोज ३१ गते) सामाओसँग नेपालले खेल्नेछ ।