त्रिशूली बाढीमा ४८९ जनाको शव फेला, ३९३ जनाको पहिचान हुन बाँकी
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ।
नेपाल प्रहरीले हालसम्म बाढीमा परी ४८९ जनाको शव फेला परेको जानकारी दिएको छ। फेला परेका शवमध्ये ३९३ जनाको पहिचान हुन सकेको छैन। प्रहरीले शव पहिचान तथा व्यवस्थापनको काम जारी रहेको जनाएको छ।
फेला परेका शवहरू रसुवा, धादिङ, नुवाकोट, चितवन, तनहुँ, गोरखा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र पश्चिम नवलपरासीलगायत जिल्लामा भेटिएका छन्। फेला परेका शवमध्ये केहीलाई शव भेटिएको जिल्लामै राखिएको छ भने अन्य शव काठमाडौं, पोखरा, पाल्पा, रुपन्देही र कपिलवस्तुलगायत जिल्लामा राखिएको प्रहरीले जनाएको छ।







