पाकिस्तानी प्रधानमन्त्री सरिफले गरे प्रधानमन्त्री बालेनलाई फोन, राहत सहयोग पठाउने प्रतिबद्धता

User Image Prime TV News २ हप्ता अगाडि
Image of पाकिस्तानी प्रधानमन्त्री सरिफले गरे प्रधानमन्त्री बालेनलाई फोन, राहत सहयोग पठाउने प्रतिबद्धता

काठमाडौ । पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई टेलिफोन गरी नेपालमा भएको बाढीबाट भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गरेका छन्।

शुक्रबार दिउँसो प्रधानमन्त्री बालेनसँग कुराकानी गरेको जानकारी सरिफले सामाजिक सञ्जाल एक्समार्फत दिएका हुन्। सरिफले बाढीपछि नेपालमा जारी उद्धार तथा राहत प्रयासमा सहयोग पुर्‍याउन पाकिस्तानले राहत सामग्री पठाउने जानकारीसमेत दिएका छन्।

‘यो कठिन घडीमा पाकिस्तान नेपालको सरकार र जनतासँग पूर्ण ऐक्यबद्धता जनाउँछ,’ सरिफले एक्समा लेखेका छन्। यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि प्रधानमन्त्री बालेनसँग टेलिफोनमार्फत कुराकानी गरी नेपालमा आएको विपद्प्रति चासो व्यक्त गरेका थिए।

यस्तै, बेलायत, बंगलादेश, दक्षिण कोरियालगायत मुलुकका विदेशमन्त्रीहरूले नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग टेलिफोन गरी बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्नुका साथै नेपाललाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।