भारतीय उद्धार टोली नेपाल आइपुग्यो, घटनास्थलतर्फ जाने तयारी
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेकाहरूको उद्धारमा सहयोग गर्न भारतीय उद्धार टोली नेपाल आइपुगेको छ ।
टोली काठमाडौँस्थित भारतीय दूतावासमा आइपुगेको हो । नेपाल सरकारको निर्देशनअनुसार आवश्यक समन्वयपछि टोली बाढी प्रभावित क्षेत्रमा जाने तयारीमा रहेको नेपाल विद्युत् प्राधिकरणका एक अधिकारीले जानकारी दिए ।
भदौ १० गते चीनको तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवासहित आसपासका जिल्लामा ठूलो जनधनको क्षति भएको छ । बाढीमा परी धेरै मानिस बेपत्ता छन् भने उद्धार तथा खोजी कार्य जारी छ ।
भारतीय उद्धार टोलीको आगमनसँगै प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।







