कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको तयारी बैठक बोलायो
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसको इतर समूहले १५औँ महाधिवेशनको तयारीका लागि केन्द्रीय महाधिवेशन तयारी समितिको बैठक बोलाएको छ ।
समूहले शनिबार विज्ञप्ति जारी गर्दै आगामी भदौ १७ गते बैठक बस्ने जानकारी दिएको हो । बैठक चुनदेवीस्थित समूहको सम्पर्क कार्यालयमा बस्नेछ ।
बैठकमा नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी तथा महाधिवेशनको कार्यतालिका तय गर्ने विषयमा छलफल हुने जनाइएको छ ।
त्यस्तै, बैठकमा समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने विज्ञप्तिमा उल्लेख छ । महाधिवेशनको तयारी र कार्यतालिकालाई लिएर कांग्रेसभित्र विभिन्न समूहबीच छलफल भइरहेका बेला इतर समूहले तयारी समितिको बैठक बोलाएको हो।







