तीन तहको समन्वयमा पूर्ण क्षमताका साथ उद्धार भइरहेको छ : प्रधानमन्त्री शाह

User Image Prime TV News २ हप्ता अगाडि
Image of तीन तहको समन्वयमा पूर्ण क्षमताका साथ उद्धार भइरहेको छ : प्रधानमन्त्री शाह

काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा तीनै तहका सरकारबीचको समन्वयमा उद्धार, खोजी तथा राहतका काम पूर्ण क्षमताका साथ भइरहेको बताएका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले नेपाल सरकारले विपद्को अवस्थालाई अत्यन्त गम्भीर र संवेदनशील रूपमा लिएर काम गरिरहेको बताएका हुन् ।

उनका अनुसार बाढी आएलगत्तै प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहत कार्यलाई तीव्रता दिइएको छ । तीनै तहका जनप्रतिनिधि तथा कर्मचारीसँग निरन्तर समन्वय, सहकार्य र सहजीकरण गर्दै उद्धार तथा राहतका काम अघि बढाइएको उनको भनाइ छ ।

प्रधानमन्त्री शाहले राज्यका सबै संयन्त्र प्रभावित प्रत्येक नागरिकको जीवनरक्षालाई प्राथमिकतामा राखेर परिचालन भइरहेको बताएका छन् ।

उनले विपद्को कठिन परिस्थितिमा उद्धार, खोजी तथा राहत कार्यलाई प्रभावकारी बनाउन सरकारका सबै निकाय सक्रिय रहेको उल्लेख गरेका छन् ।