न्युक्यासलसँग टोटनहमको घरेलु मैदानमै हार
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । इंग्लिस प्रिमियर लिगमा टोटनहम हटस्पर घरेलु मैदानमै न्युक्यासल युनाइटेडसँग २–० ले पराजित भएको छ ।
शनिबार टोटनहम हटस्पर रंगशालामा भएको खेलमा न्युक्यासललाई जित दिलाउन एन्थोनी एलांगा र योआन विसाले दोस्रो हाफमा गोल गरे ।
खेलको ६२औँ मिनेटमा एलांगाले गोल गर्दै न्युक्यासललाई अग्रता दिलाएका थिए । त्यसको १० मिनेटपछि विसाले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।
त्यसपछि दुवै टोलीबाट थप गोल हुन सकेन र न्युक्यासलले सिजनको पहिलो जित दर्ता गर्यो । टोटनहमको भने यो लगातार दोस्रो हार हो ।
शनिबार भएका अन्य खेलमा हल सिटीले कोभेन्ट्री सिटीलाई १–० ले हरायो । लिभरपुल र नटिङघम फरेस्टले २–२ तथा एभरटन र बर्नमाउथले १–१ गोलको बराबरी खेले ।
जितसँगै दुई खेलबाट चार अंक जोडेको न्युक्यासल तालिकाको तेस्रो स्थानमा पुगेको छ । लगातार दोस्रो हारसँगै टोटनहम अंकविहीन हुँदै पुछारमा छ ।







