सुन–चाँदीको मूल्यमा ठूलो गिरावट

User Image Prime TV News २ हप्ता अगाडि
Image of सुन–चाँदीको मूल्यमा ठूलो गिरावट

काठमाडौ । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज प्रतितोला ९ हजार ५ सय रुपैयाँ घटेर ३ लाख ९ हजार रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार सुनको मूल्य २ हजार ४ सय रुपैयाँ र बिहीबार १ हजार २ सय रुपैयाँले घटेको थियो। शुक्रबार सुनको मूल्य ३ लाख १८ हजार ५ सय रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला १ सय ८५ रुपैयाँ घटेर ४ हजार ७ सय ८० रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदीको मूल्य ४ हजार ९ सय ६५ रुपैयाँ थियो। यसअघि माघ १५ गते सुनको मूल्य ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो, जुन नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो।

सोही दिन चाँदी पनि प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ पुगेको थियो, जुन अहिलेसम्मकै उच्च मूल्य हो। यसरी हेर्दा पछिल्लो समय सुन–चाँदीको मूल्यमा लगातार गिरावट देखिएको छ।