यूएईबाट नेपाललाई थप ८० टन राहत सामग्री
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । भोटेकोसी बाढीपछि नेपाललाई सहयोग गर्ने राष्ट्रमध्ये संयुक्त अरब इमिरेट्स (यूएई) अग्रपंक्तिमा देखिएको छ।
यूएईले नेपाललाई थप ८० टन राहत सामग्री हस्तान्तरण गरेको छ। यूएईले यसअघि नै नेपाललाई १० मिलियन अमेरिकी डलर (करिब डेढ अर्ब रुपैयाँ) नगद सहयोग गरिसकेको छ, जुन हालसम्म कुनै विदेशी राष्ट्रबाट प्राप्त सबैभन्दा ठूलो नगद सहयोग हो।
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनका अनुसार यूएईबाट ल्याइएको राहत सामग्री शनिबार राति ११ः३० बजे नेपाल सरकारले बुझेको हो। सामग्री बुझ्ने क्रममा काठमाडौंमा ठूलो वर्षा भइरहेको उनले बताएका छन्। मन्त्री पुनका अनुसार पर्सि अर्को हवाईजहाजमार्फत थप राहत सामग्री नेपाल आउने तयारी छ।
यूएईको यो सहयोगले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा आवश्यक खाद्यान्न, स्वास्थ्य सामग्री र अन्य राहत सामग्रीको आपूर्तिमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।







