बाढीपछि शव व्यवस्थापन र दुर्गन्धप्रति कांग्रेसको गम्भीर चासो

User Image Prime TV News २ हप्ता अगाडि
Image of बाढीपछि शव व्यवस्थापन र दुर्गन्धप्रति कांग्रेसको गम्भीर चासो

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको बाढीपछिको विपद् व्यवस्थापनमा देखिएका समस्याप्रति गम्भीर चासो व्यक्त गरेको छ।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बाढीमा ज्यान गुमाएकाहरूको शव व्यवस्थापन गर्दा आफन्तको अनुमति नलिएको गुनासोप्रति आपत्ति जनाएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित छलफलमा उनले शव व्यवस्थापनजस्तो संवेदनशील विषयमा परिवारको भावना र अधिकारलाई ध्यान दिनुपर्ने बताए।

त्यस्तै, बाढीपछि भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा फैलिएको दुर्गन्ध जनस्वास्थ्यका लागि ठूलो चुनौती बनेको उनले बताए। यस विषयमा आफूले प्रधानमन्त्रीको समेत ध्यानाकर्षण गराइसकेको जानकारी उनले दिए। स्थानीय तहका जनप्रतिनिधि तथा अन्य सरोकारवालाबाट प्राप्त सुझावका आधारमा कांग्रेसले प्रधानमन्त्रीलाई ९ बुँदे ध्यानाकर्षणपत्र बुझाएको आङ्देम्बेले बताए।