उद्धार तथा राहतलाई प्रभावकारी बनाउन पार्टीका नेता तथा कार्यकतालाई रवि लामिछानेको निर्देशन

User Image Prime TV News २ हप्ता अगाडि
Image of उद्धार तथा राहतलाई प्रभावकारी बनाउन पार्टीका नेता तथा कार्यकतालाई रवि लामिछानेको  निर्देशन

 काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भोटेकोशी बाढीपछि भइरहेको खोजी, उद्धार तथा राहत कार्यको अवस्थाबारे जानकारी लिएका छन्।

आइतबार पार्टीको तर्फबाट उद्धार तथा राहतका लागि गठन गरिएको संयन्त्रका नेताहरूलाई केन्द्रीय कार्यालय वनस्थलीमा बोलाएर लामिछानेले प्रभावित क्षेत्रमा भइरहेको कामको ब्रिफिङ लिएका हुन्। रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार सभापति लामिछानेले उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन पार्टीका सम्पूर्ण तह र निकायलाई आवश्यक निर्देशन दिएका छन्।

भदौ १० गते भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको थियो। बाढीपछि रास्वपाले पनि आफ्ना नेता तथा कार्यकर्तालाई प्रभावित क्षेत्रमा परिचालन गरी खोजी, उद्धार तथा राहत कार्यमा सहयोग गर्दै आएको जनाएको छ।