नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार

User Image Prime TV News २ हप्ता अगाडि
Image of नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार

काठमाडौ । नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार बस्ने भएको छ ।

कांग्रेस संसदीय दलको कार्यालयका अनुसार बैठक बिहान ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने तय भएको हो । बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, संसद्मा पार्टीको भूमिका तथा आगामी संसदीय रणनीतिबारे छलफल हुने जनाइएको छ ।

त्यस्तै, जनसरोकारका समसामयिक विषय र प्राकृतिक विपद्का कारण उत्पन्न समस्याबारे पनि बैठकमा समीक्षा हुने भएको छ । पछिल्लो राजनीतिक घटनाक्रमको मूल्याङ्कन गर्दै संसद्मा पार्टीले खेल्ने भूमिकाबारे आवश्यक रणनीति तय गर्न बैठक महत्वपूर्ण हुने कांग्रेसले जनाएको छ ।