बाढीमा डुबेको कृषि विकास बैंकबाट ५० करोडको सुन सुरक्षित फेला

User Image Prime TV News २ हप्ता अगाडि
Image of बाढीमा डुबेको कृषि विकास बैंकबाट ५० करोडको सुन सुरक्षित फेला

नुवाकोट । भोटेकोसी नदीमा आएको बाढीका कारण डुबेको नुवाकोटको त्रिशूलीस्थित कृषि विकास बैंकको शाखाबाट ठूलो परिमाणमा नगद, सुनचाँदी र महत्वपूर्ण कागजात सुरक्षित फेला परेको छ ।

भदौ १० गतेको बाढीमा डुबेको कृषि विकास बैंक, त्रिशूली ढुंगे शाखाबाट करिब ५० करोड रुपैयाँ बराबरको सुन, करिब डेढ करोड रुपैयाँ नगद तथा महत्वपूर्ण कागजात सुरक्षित अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आइतबार करिब आठ घण्टासम्म निरन्तर खोज तथा उद्धार प्रयास गरेपछि बैंकभित्र रहेका सुनचाँदी, नगद तथा अन्य महत्वपूर्ण सामग्री सुरक्षित स्थानमा सारिएको हो ।

बाढीका कारण बैंकको शाखा डुबानमा परेपछि त्यहाँ रहेका बहुमूल्य धातु, नगद र कागजातको सुरक्षालाई चुनौती बनेको थियो । प्रहरीको समन्वयमा गरिएको उद्धार प्रयासपछि ती सामग्री सुरक्षित स्थानमा सारिएको जनाइएको छ ।