नेपालमा बाढीबाट भएको जनधनको क्षतिप्रति बंगलादेश संसद्को शोक प्रस्ताव

User Image Prime TV News २ हप्ता अगाडि
Image of नेपालमा बाढीबाट भएको जनधनको क्षतिप्रति बंगलादेश संसद्को शोक प्रस्ताव

काठमाडौ । नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति गहिरो दुःख व्यक्त गर्दै बंगलादेशको संसद्ले सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको छ।

शोक प्रस्तावमार्फत बंगलादेशको संसद्ले प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ। प्रस्तावमाथि छलफलपछि सांसदहरूले मृतकहरूप्रति सम्मान व्यक्त गर्दै संसद् बैठकमा एक मिनेट मौन धारण गरेका थिए।

त्यसपछि दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै प्रार्थना गरिएको थियो। प्रार्थनाको सञ्चालन बंगलादेशका धार्मिक मामिला मन्त्री काजी शाह मोफज्जल हुसेनले गरेका थिए। यसैबीच, बंगलादेशका संसद् सभामुख हाफिज उद्दीन अहमदले पनि नेपालमा बाढी तथा पहिरोका कारण भएको ठूलो मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

सभामुख अहमदले शोक सन्देश जारी गर्दै विपत्तिमा ज्यान गुमाउने नेपाली नागरिकका परिवारजनप्रति समवेदना प्रकट गरेका छन्। उनले मृतकहरूको दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।