भोटेकोसी बाढी संकटबारे प्रधानमन्त्री बालेन शाहले सुरक्षा प्रमुखसँग ब्रिफिङ लिँदै

User Image Prime TV News २ हप्ता अगाडि
Image of भोटेकोसी बाढी संकटबारे प्रधानमन्त्री बालेन शाहले सुरक्षा प्रमुखसँग ब्रिफिङ लिँदै

काठमाडौ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट सिर्जित संकट समाधानका लागि सुरक्षा निकायका प्रमुखहरूसँग छलफल थालेका छन्।

प्रधानमन्त्री शाहले केहीबेरअघि प्रधानसेनापति अशोकराज सिग्देलसँग भेट गरी बाढीपछि भइरहेको खोजी, उद्धार, राहत तथा व्यवस्थापनका कामबारे ब्रिफिङ लिएका छन्। प्रधानमन्त्रीले त्यसपछि सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि ब्रिफिङ लिने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

त्यस्तै, आजै नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग समेत बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार र राहत व्यवस्थापनबारे प्रधानमन्त्रीले जानकारी लिने कार्यक्रम छ। भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण रसुवालगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ।

बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, उद्धार तथा राहत वितरणको काम जारी रहेकाले प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखबाट पछिल्लो अवस्थाबारे प्रत्यक्ष जानकारी लिइरहेका हुन्।