राहत जम्मा भए पनि रसुवाका बाढीपीडित भोकै छन् : ओली
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रसुवामा बाढीपहिरोपछि सरकारी कोषमा राहत तथा रकम जम्मा भए पनि प्रभावित नागरिकहरू अझै भोकभोकै बस्नुपरेको बताएका छन्।
सोमबार पार्टी कार्यालयमा एमाले बागमती प्रदेश र राजधानी प्रदेशले संकलन गरेको राहत रकम बुझ्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। ओलीले राहत संकलन तथा वितरणका लागि सरकारको मात्र भर नपरी सबै पक्षसँग समन्वय गर्न एमाले तयार रहेको बताए।
‘केन्द्र सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन्, राहत पुग्न पाएको छैन,’ ओलीले भने, ‘यो स्थितिलाई अन्त्य गरौँ भनेर प्रयास गरिरहेका छौँ।’ उनले विपद्का कारण प्रभावित नागरिकसम्म तत्काल राहत पुर्याउन सबै पक्षले प्रभावकारी रूपमा समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिए।







