प्रधानमन्त्री बालेन शाह र रवि लामिछानेबीच भेटवार्ता
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री बालेन शाह र सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ।
भेटमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा सरकारले सञ्चालन गरिरहेका खोज, उद्धार तथा राहत वितरणका साथै नागरिक व्यवस्थापनका प्रयासबारे छलफल भएको छ। भेटका क्रममा बाढीबाट प्रभावित नागरिकहरूको उद्धार तथा राहत वितरणसँगै क्षतिग्रस्त संरचनाको पुनःस्थापनाका विषयमा समेत छलफल भएको थियो।
प्रधानमन्त्री शाहले विपद् प्रभावित क्षेत्रमा नागरिकको जीउधनको सुरक्षा, राहत सामग्रीको सहज पहुँच तथा पुनःस्थापनाका लागि सरकारी संयन्त्रहरूलाई पूर्ण क्षमताका साथ परिचालन गरिएको जानकारी गराएका थिए।
उनले प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने र क्षतिग्रस्त संरचनाको पुनःस्थापना तथा पुनर्निर्माणका कामलाई प्रभावकारी रूपमा अघि बढाइने बताएका थिए।







