रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा कोही पनि मानिस भेटिएन

User Image Prime TV News २ हप्ता अगाडि
Image of रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा कोही पनि मानिस भेटिएन

काठमाडौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र कोही पनि मानिस फेला नपरेको नेपाली सेनाले जनाएको छ।

सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशङ्कापछि नेपाली सेनाको नेतृत्वमा इन्जिनियर तथा ड्रोन टोलीसहित उद्धार तथा खोजी कार्य सञ्चालन गरिएको थियो। उद्धार टोलीले सुरुङको भित्री भाग हुँदै अन्तिम बिन्दुसम्म पुगेर ड्रोनसमेत प्रयोग गरी खोजी गरेको थियो।

तर, खोजीका क्रममा कुनै पनि मानवीय उपस्थिति फेला नपरेको सेनाले जनाएको छ। सुरुङभित्र मानिस नरहेको पुष्टि भएपछि खोजी कार्य सम्पन्न गरिएको छ। त्यसपछि नेपाली सेनाको उद्धार टोली रसुवाको सदरमुकाम धुन्चे फर्किएको छ।