शिक्षा विधेयकः ६० प्रतिशत शिक्षक आन्तरिक प्रतिस्पर्धाबाट नियुक्त गर्न सरकार तयार, महासंघले खोज्यो ७५ प्रतिशत

User Image Prime TV News एक महिना अगाडि
Image of शिक्षा विधेयकः ६० प्रतिशत शिक्षक आन्तरिक प्रतिस्पर्धाबाट नियुक्त गर्न सरकार तयार, महासंघले खोज्यो ७५ प्रतिशत

काठमाडौं, १८ असार । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सरकारको कारण विद्यालय शिक्षा विधेयक नरोकिएको बताएका छन् । राष्ट्रिय सभामा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उनले विगतको सरकारसँग महासंघले गरेको सहमतिको कारण विधेयक समयमा नै आउन नसकेको बताएका हुन् । मन्त्री पन्तकको अनुसार विगतको सरकारले शिक्षकहरुको नियुक्ति ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत मात्रै खुला प्रतियोगिताबाट हुने सहमति गरेको छ । तर, अहिलेको सरकारले ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला गर्न खोज्दा समयमै निकास ननिस्किएको उनको भनाइ छ ।

‘विगतको सरकारले उहाँहरुसँग के सम्झौता गरेको रहेछ भने ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुला । त्यसलाई हाम्रो समितिले स्वीकार गरेन । यसरी आन्तरिक गर्दा देशका नयाँ युवाहरुलाई अरब पठाउने हो ? उनीहरुले शिक्षामा रोजगारी पाउनुपर्दैन ? त्यसैले ४० खुला गर, ६० प्रतिशत चाहिँ आन्तरिक प्रतियोगिताबाट गरौं भन्ने भयो । सरकारको तर्फबाट मैले त्यसलाई मानेँ । तर, समस्या के भयो भनेदेखि त्यही कुरामा आएर कुरा अड्किराखेको छ । शिक्षकहरु ७५ र २५ भन्ने,’– उनले भने ।

विधेयक सरकारको तर्फबाट नअड्किएको उनले बताए । शिक्षकहरु पटक.–पटक सडकमा जाने परिस्थिति नआओसु भन्नेमा आफूहरु गम्भीर रहेको पनि उनले बताए । आफू मन्त्री भएपछि शिक्षक महासंघसँग कम्तिमा पनि १२÷१५ पटक बसेर आफूले निकास खोज्ने प्रयास गरेको उनले बताए । आफूले ६०/४० मान्नुस् भन्दा महासंघले ७५/२५ मै कुरा अड्काइराखेको उनको भनाइ छ ।