एन्जल लर्ड र बागमतीलाई टाइमलाइन बास्केटबल उपाधि

User Image Prime TV News एक महिना अगाडि
Image of एन्जल लर्ड र बागमतीलाई टाइमलाइन बास्केटबल उपाधि

काठमाडौं । एन्जल लर्ड एकेडेमी र बागमती बोर्डिङ स्कुलले दोश्रो टाइमलाइन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । गोकर्णेश्वर नगरपालिका ५, नयाँबस्तीस्थित आयोजक टाइमलाइन स्कुलको कोर्टमा भएको ब्वाइजको फाइनलमा एन्जल लर्डले नेमोनिक मोर्डन एकेडेमीलाई ४९–४२ ले पराजित गर्यो ।

एन्जल लर्डको जितमा अभय गुरुङले २२ अंक योगदान गरे । गल्स उपाधि भिडन्तमा स्मृति पोखरेलको १६ अंक सहयोगमा बागमतीले पनि नेमोनिकलाई ३७–२५ ले हरायो ।
ब्वाइजमा एन्जल लर्डका समिर मगर र गल्समा बागमतीकी स्मृति पोखरेल ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित  भए ।

ब्वाइजमा नेमोनिकका विपेश थिङ र गल्र्समा नेमोनिककी वर्षा खड्का उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । ब्वाइजमा रेनिस लामा र गल्र्समा अस्मिता थापा सर्वाधिक स्कोरकर्ता बने । दुवै नेमोनिका हुन् । ब्वाइजमा मार्वलस र गल्र्समा काठमाडौं जेभियर्स पब्लिक स्कुल अनुशासित टिम ठहरिए ।

ब्वाइजमा आकाश दीप तथा गल्समा विन्सम ‘इमर्जिङ टिम’ बने । भदौ ५ गतेदेखि सुरु भएको प्रतियोगिताको ब्वाइजमा २४ तथा गल्समा १६ टिमले प्रतिस्पर्धा गरेका थिए ।