पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईद्वारा उद्धार कोषमा एक लाख सहयोग

User Image Prime TV News २ हप्ता अगाडि
Image of पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईद्वारा उद्धार कोषमा एक लाख सहयोग

काठमाडौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भोटेकोशी बाढीपीडितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

भट्टराईको सचिवालयका अनुसार उनले बाढीपीडितको राहत तथा उद्धारका लागि उक्त रकम कोषमा जम्मा गरेका हुन्। ‘पूर्वप्रधानमन्त्री भट्टराईले भोटेकोशी बाढीपीडितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ लाख सहयोग रकम जम्मा गर्नुभएको छ,’ सचिवालयले जनाएको छ।

भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको थियो।