भोटेकोसी बाढीबारे प्रतिनिधिसभामा सभामुखले विशेष प्रस्ताव राख्ने
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । प्रतिनिधिसभाको आगामी बैठकमा सभामुख डीपी अर्यालले रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट उत्पन्न महाविपत्तिका विषयमा विशेष प्रस्ताव प्रस्तुत गर्ने भएका छन् ।
प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने तय भएको छ ।आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा बुधबारको सदनमा सभामुखले विशेष प्रस्ताव प्रस्तुत गर्ने सहमति भएको हो ।विशेष प्रस्तावमाथि ६ दलका तर्फबाट एक–एक जना सांसदले धारणा राख्ने सहमति भएको राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले जानकारी दिए ।
प्रतिनिधिसभाको बैठक बिहीबार पनि बस्नेछ । त्यसपछि लगातार तीन दिन सार्वजनिक बिदा पर्ने भएकाले सदनको बैठक स्थगित हुनेछ । सरकारले भदौ २२ गते भोटेकोसी बाढीबाट भएको विनाशका विषयमा राष्ट्रिय शोक घोषणा गर्ने तयारी गरेको छ ।
त्यसपछि भदौ २३ गतेदेखि प्रतिनिधिसभामा नियमित कार्यसूची अघि बढाउने गरी छलफल भइरहेको रास्वपा सचेतक परियारले बताए ।







