६ कारोबार दिनपछि नेप्सेमा हरियाली, सूचक ९ अंकले बढ्यो

User Image Prime TV News १ हप्ता अगाडि
Image of ६ कारोबार दिनपछि नेप्सेमा हरियाली, सूचक ९ अंकले बढ्यो

काठमाडौ । लगातार ६ कारोबार दिन घटेको सेयर बजार मंगलबार हरियाली बनेको छ ।

यस दिन नेप्से सूचक ९.२४ अंकले बढेर २ हजार ५२२.६६ विन्दुमा पुगेको छ । कारोबार सुरु हुँदा घटेको बजार त्यसपछि क्रमशः सम्हालिँदै अन्तिम समयमा ९ अंकले बढेर बन्द भएको हो । मंगलबार लगानीकर्ताले कुल २ अर्ब ९० करोड रुपैयाँ बराबरको सेयर कारोबार गरेका छन् ।

सूचकमा सुधार आए पनि कारोबार रकम भने घटेको छ । पछिल्ला ६ कारोबार दिनमा औसतमा ३ अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुँदै आएकोमा मंगलबार २ अर्ब ९० करोड रुपैयाँमा सीमित भएको हो । बजार बढेको दिन ८४ कम्पनीको सेयर मूल्य घटेको छ भने १८१ कम्पनीको सेयर मूल्य बढेको छ ।

बढ्ने कम्पनीतर्फ माथिल्लो मैलुङ खोला जलविद्युत् कम्पनी अगाडि रहेको छ । उक्त कम्पनीको सेयर मूल्य ७.१५ प्रतिशतले बढेको छ । त्यस्तै, घट्ने कम्पनीतर्फ उपकार लघुवित्त वित्तीय संस्था अगाडि छ । उक्त कम्पनीको सेयर मूल्य ८.४८ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा भने सोलु हाइड्रोपावर अगाडि रहेको छ । मंगलबार उक्त कम्पनीको करिब १३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।