रसुवा बाढी जलवायु परिवर्तनसँग सम्बन्धित छ : प्रधानमन्त्री बालेन

User Image Prime TV News १ हप्ता अगाडि
Image of रसुवा बाढी जलवायु परिवर्तनसँग सम्बन्धित छ : प्रधानमन्त्री बालेन

काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवामा आएको विनाशकारी बाढी जलवायु परिवर्तनसँग समेत सम्बन्धित रहेको बताएका छन्।

हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दै गएको भन्दै उनले यस विषयमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुपर्ने बताएका हुन्। बुधबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण नेपालले यस्ता विपद्को सामना गर्नुपरेको बताए।

‘जलवायु परिवर्तनका कारण हामीमाझ यस्तो विपद् आइलाग्यो। हिमालय क्षेत्रमा जोखिम बढेको यसले देखाउँछ,’ प्रधानमन्त्री शाहले भने, ‘त्यसैले यो विपद्बारे हामीले अन्तर्राष्ट्रिय समुदायलाई भन्नुपर्छ। यो विश्वको साझा जिम्मेवारी हो।’ प्रधानमन्त्री शाहले रसुवा बाढीलाई मानव सभ्यताले भोगेका ठूला घटनामध्ये एक भएको समेत बताए।

प्रतिनिधिसभामा प्रधानमन्त्री शाहले बाढी तथा पहिरोबाट भएको जनधनको क्षति, प्रभावित क्षेत्रमा भइरहेको खोजी तथा उद्धार र सरकारले गरिरहेको राहत तथा व्यवस्थापनका कामबारे जानकारी गराएका थिए। उनले हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण बढ्दै गएको जोखिमलाई अन्तर्राष्ट्रियस्तरमै गम्भीरताका साथ लिनुपर्नेमा जोड दिए।