नेप्से १५ अंकले बढ्यो, २ अर्ब ९४ करोडको कारोबार
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । साताको कारोबारको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.४४ अंकले बढेर २ हजार ५३८.११ विन्दुमा पुगेको छ।
बुधबार ३५४ कम्पनीका ७२ लाख ६८ हजार २०२ कित्ता शेयर कारोबार भएका छन्। दिनभर ३९ हजार ६७३ पटक कारोबार हुँदा कुल कारोबार रकम २ अर्ब ९४ करोड २७ लाख रुपैयाँभन्दा बढी पुगेको छ। आज कारोबार भएका कम्पनीमध्ये १९३ वटाको शेयर मूल्य बढेको छ भने ७५ कम्पनीको घटेको छ। १० कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो।
बुधबार उपकार लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सबैभन्दा धेरै बढेको छ। कम्पनीको शेयर मूल्य ११.८७ प्रतिशतले बढेर प्रतिकित्ता २ हजार ७९० रुपैयाँ पुगेको छ। त्यस्तै, माथिल्लो मैलुङ खोला जलविद्युतको शेयर मूल्य १०.२३ प्रतिशत र आत्मनिर्भर लघुवित्तको १०.१० प्रतिशतले बढेको छ।
यता एनएमबी इनर्जी बन्ड ४ प्रतिशत–२०९३/९४ को मूल्य सबैभन्दा धेरै ५.८१ प्रतिशतले घटेको छ। आरबीबी म्युचुअल फन्ड–२ को ४.३३ प्रतिशत र कुथेली बुखारी स्मल हाइड्रोपावरको शेयर मूल्य ३.६५ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा सानीमा मिडिल तमोर हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। कम्पनीको १४ करोड १७ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको १२ करोड ६४ लाख रुपैयाँ र सोलु हाइड्रोपावरको १२ करोड १४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
कारोबार भएको कित्ताका आधारमा रसुवागढी हाइड्रोपावर अगाडि रहेको छ। कम्पनीका ३ लाख ९८ हजार ७३१ कित्ता शेयर कारोबार भएका छन्। कारोबार संख्याका आधारमा भने सर्वोत्तम पेन्ट्स अगाडि रहेको छ। कम्पनीको २ हजार २१९ पटक कारोबार भएको छ।







