बादलको टिप्पणीः ‘गत वर्ष मानव सिर्जित, यस वर्ष प्राकृतिक विपत्ति’
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले नेपालले लगातार दुई वर्ष भदौ महिनामा ठूलो विपत्तिको सामना गर्नुपरेको बताएका छन्।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले गत वर्ष मानव सिर्जित र यस वर्ष प्राकृतिक विपत्ति व्यहोर्नुपरेको टिप्पणी गरेका हुन्। उनले यसपटकको प्राकृतिक विपत्तिबाट बाहिर आउन निकै कठिन रहेको बताए। गत वर्ष भदौमा भएको घटनामा ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै उनले राज्यका महत्वपूर्ण संरचनासमेत ध्वस्त पारिएको बताए।
“गत वर्ष भदौमा मानव निर्मित विपद्को सामना गर्नुपर्यो, छ दर्जनभन्दा बढी नागरिकको अनाहकमा ज्यान गयो। सिंहदरबारदेखि सर्वोच्च अदालतसम्म सबै आगो लगाएर ध्वस्त पारिए,” थापाले भने। यस वर्ष भदौ १० गते आएको विनाशकारी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको उनको भनाइ थियो।
“दुर्भाग्यवश यस वर्ष पनि भदौ १० गते घटित विस्मयकारी विध्वंसले हजारको ज्यान गएको छ। भौतिक क्षतिको त कुनै हिसाबकिताब छैन,” उनले भने। थापाले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि राज्यका सबै संयन्त्र प्रभावकारी रूपमा परिचालन हुनुपर्नेमा जोड दिए।







