कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

User Image Prime TV News १ हप्ता अगाडि
Image of कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको   बैठक

काठमाडौ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

बैठक आगामी २० भदौ अर्थात् शनिबार दिउँसो १ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको हो। कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा दुई वटा एजेन्डामाथि छलफल हुनेछ।

बैठकका लागि रसुवाको भोटेकोसी बाढीबाट उत्पन्न विपद् र नेपाली कांग्रेसको १५औँ महाधिवेशनसम्बन्धी विषयलाई एजेन्डा बनाइएको उनले जानकारी दिए। बाढीबाट प्रभावित क्षेत्रमा भइरहेको उद्धार, राहत तथा पुनःस्थापनाका विषयमा बैठकमा छलफल हुने बताइएको छ।

त्यस्तै, पार्टीको आगामी १५औँ महाधिवेशनको तयारी र आवश्यक कार्ययोजनाबारे पनि बैठकमा छलफल हुने कांग्रेसले जनाएको छ।