रास्वपाको सचिवालय बैठक आज बस्दै

User Image Prime TV News १ हप्ता अगाडि
Image of रास्वपाको सचिवालय बैठक आज बस्दै

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दैछ।

पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बैठक बस्न लागेको हो। रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा समसामयिक राजनीतिक तथा पार्टीसँग सम्बन्धित विषयमा छलफल हुनेछ।

बैठक बिहान १० बजे वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय घन्टीघरमा बस्नेछ। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका साथै पार्टीका आगामी गतिविधिबारे पनि छलफल हुने बताइएको छ।