प्रतिनिधिसभामा बैठक बस्दै
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।
बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापार गर्ने सम्बन्धी सम्झौता प्रतिनिधिसभामा पेस गर्नेछन्।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले पनि संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका समुद्री क्षेत्रको जैविक विविधता संरक्षण तथा दिगो प्रयोगसम्बन्धी सम्झौता सभामा पेस गर्ने कार्यसूची छ।







