सुनको मूल्य फेरि उकालो, तोलामा ७ हजार ६ सय रुपैयाँले बढ्यो

User Image Prime TV News १ हप्ता अगाडि
Image of सुनको मूल्य फेरि उकालो, तोलामा ७ हजार ६ सय रुपैयाँले बढ्यो

काठमाडौ । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। अघिल्लो दिन ठूलो गिरावट आएको सुनको मूल्य बिहीबार पुनः उकालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ९ सय रुपैयाँ पुगेको छ। बुधबार प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य एकैदिन ७ हजार ६ सय रुपैयाँले बढेको हो।

यसअघि बुधबार सुनको मूल्य प्रतितोला ८ हजार ८ सय रुपैयाँले घटेको थियो। बिहीबारको वृद्धिसँगै सुनको मूल्य पुनः ३ लाख रुपैयाँभन्दा माथि पुगेको छ। यस्तै, चाँदीको मूल्यमा पनि बिहीबार वृद्धि भएको छ। महासंघका अनुसार चाँदी प्रतितोला ४ हजार ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।

सुन तथा चाँदीको मूल्यमा पछिल्ला दिनमा तीव्र उतारचढाव देखिँदा नेपाली बजारमा कारोबार गर्ने व्यवसायी तथा उपभोक्ताले दैनिक मूल्य परिवर्तनको सामना गर्नुपरेको छ।