संसद् बैठकमै ढले लेखा समिति सभापति भरत खड्का, उपचारका लागि वीर अस्पताल लगियो

User Image Prime TV News १ हप्ता अगाडि
Image of संसद् बैठकमै ढले लेखा समिति सभापति भरत खड्का, उपचारका लागि वीर अस्पताल लगियो

काठमाडौ । प्रतिनिधिसभाको बैठक चलिरहेका बेला नेपाली कांग्रेसका सांसद तथा सार्वजनिक लेखा समितिका सभापति भरतबहादुर खड्का अचानक कुर्सीबाट ढलेका छन्।

खड्का ढलेपछि सभामुखले बैठकको कारबाही केही समयका लागि रोकेका थिए। त्यसक्रममा बोलिरहेका सांसद सोम शर्मालाई समेत आफ्नो भनाइ रोक्न सभामुखले आग्रह गरेका थिए। डोटीबाट प्रतिनिधिसभामा निर्वाचित खड्कालाई उच्च रक्तचापका कारण चक्कर आएपछि बेहोस भएको बताइएको छ।

संसद् सचिवालय स्रोतका अनुसार उनको रक्तचाप १६० पुगेको थियो। घटनापछि संसद् भवनमै रहेका एमालेका प्रमुख सचेतक ऐन महरले खड्कालाई उपचारका लागि अस्पताल पठाइएको जानकारी दिएका छन्। खड्का केही महिनाअघि सार्वजनिक लेखा समितिको सभापतिमा निर्विरोध निर्वाचित भएका थिए।