दलहरूले सरकारप्रति देखाएको समर्थन र सद्भाव अनुकरणीयः मनिष झा

User Image Prime TV News १ हप्ता अगाडि
Image of दलहरूले सरकारप्रति देखाएको समर्थन र सद्भाव अनुकरणीयः मनिष झा

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले रसुवा बाढीपछिको विपद्को समयमा सबै राजनीतिक दलहरूले सरकारप्रति देखाएको समर्थन र सद्भाव अनुकरणीय रहेको बताएका छन्।

बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद झाले विपद्को समयमा राजनीतिक दलहरूले देखाएको सहकार्यप्रति सम्मान व्यक्त गरे। उनले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा रहेको सरकारप्रति सबै दलले देखाएको समर्थन सकारात्मक भएको बताए।

उनले भने, “यस घडीमा सबै दलले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा रहेको यो सरकारप्रति जुन समर्थन र सद्भाव देखाएको छ, त्यो अनुकरणीय रहेको छ।”

रास्वपा सभापति रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक बसेको स्मरण गर्दै झाले विपद् तथा राष्ट्रिय संकटका बेला दलहरूबीच देखिएको यस्तो सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिए।