भदौ २३ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

User Image Prime TV News १ हप्ता अगाडि
Image of भदौ २३ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौ । सरकारले आगामी भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी शहीद दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार अघिल्लो वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा सहादत प्राप्त गर्ने शहीदहरूको सम्झनामा भदौ २३ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।