रसुवा बाढीमा ज्यान गुमाएकाको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक

User Image Prime TV News १ हप्ता अगाडि
Image of रसुवा बाढीमा ज्यान गुमाएकाको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक

काठमाडौ । सरकारले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा भदौ २२ गते सोमबार राष्ट्रिय शोकको घोषणा गरेको छ ।

बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए। उनका अनुसार बाढीमा ज्यान गुमाएका व्यक्तिहरूप्रति सम्मान व्यक्त गर्दै घटनाको १३औँ दिनको पुण्यतिथिको अवसर पारेर राष्ट्रिय शोकको रुपमा लिन लागिएको हो।

राष्ट्रिय शोक दिवसका दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णयसमेत गरिएको प्रवक्ता पोखरेलले बताए।