त्रिशूली–३ ए सुरुङभित्र एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको दाबी
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङभित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको सांसद श्रीराम न्यौपानेले बताएका छन्।
सामाजिक सञ्जालमार्फत जानकारी दिँदै सांसद न्यौपानेले सुरुङभित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज आएको उल्लेख गरेका हुन्।
उनका अनुसार उद्धार टोलीले सुरुङभित्रबाट आएको आवाज सुनेपछि ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भनेको थियो। त्यसको जवाफमा सुरुङभित्रबाट प्रतिक्रिया आएको उनले बताएका छन्।
उद्धार कार्य जारी रहेको र सुरुङभित्र रहेका व्यक्तिको अवस्थाबारे थप जानकारी लिने प्रयास भइरहेको सांसद न्यौपानेले बताएका छन्।
यसअघि भोटेकोशी बाढीपछि त्रिशूली–३ ए को सुरुङमा लेदो, ढुंगा तथा भग्नावशेष थुप्रिएपछि उद्धार टोलीले प्रवेशद्वार सफा गर्ने काम तीव्र बनाएको थियो।







