इजरायली अधिकारीहरूले पुष्टि गरे: विपिन जोशी जीवित छैनन्
Prime TV News ११ महिना अगाडि 
काठमाडौ । इजरायली अधिकारीहरूले विपिन जोशीको निधन भएको आधिकारिक जानकारी उनको परिवारलाई दिएका छन्।
दुई वर्षअघि हमास समूहले किबुज आलुमिमबाट अपहरण गरेका विपिन जोशी हाल जीवित नभएको पुष्टि भएको हो।
इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारी र सेनाका कमाण्डरले अमेरिकामा रहेका विपिनका आमा र बहिनीलाई र नेपालमा रहेका आफन्त किशोर जोशीलाई फोनमार्फत यो दुखद् समाचार बताएका छन्। यो जानकारी नेपाली राजदूत धनप्रसाद पण्डितले टेलिफोनमा पुष्टि गरेका छन्।
विपिनलाई हमासले २०८० असोज २३ मा अपहरण गरेको थियो। त्यसपछि उनी सोही वर्ष मंसिरसम्म जीवित रहेको भिडियो सार्वजनिक भएको थियो। अहिले हमास समूहले कब्जामा रहेका २० जनालाई इजरायललाई हस्तान्तरण गर्दैछ।
यो खबरले विपिन जोशीका परिवार र सबैलाई गहिरो शोकमा डुबाएको छ।







