त्रिशूली–३ ‘ए’ सुरुङबाट दुइ जनाको जीवितै उद्धार

User Image Prime TV News १ हप्ता अगाडि
Image of त्रिशूली–३ ‘ए’ सुरुङबाट दुइ जनाको जीवितै उद्धार

काठमाडौ । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये दुइ जनाको जीवितै उद्धार गरिएको छ।

खोज तथा उद्धारमा खटिएका एक इन्जिनियरका अनुसार सुरुङभित्र फसेका दुइ व्यक्तिको जीवितै उद्धार गरिएको हो। गरिएकाहरुमा सञ्जय साह र कविर महर्जनको रहेका छन् । 

आज बिहान खोजी तथा उद्धारका क्रममा सुरुङभित्रबाट मानिसको आवाज सुनिएको संकेत पाएपछि उद्धार टोलीले खोजी तीव्र बनाएको थियो।

नेपाली सेना र सशस्त्र प्रहरीको टोली सुरुङभित्र फसेका व्यक्तिहरूको खोज तथा उद्धारमा परिचालित छन्। सुरुङभित्र अझै अन्य व्यक्ति फसेको हुन सक्ने भएकाले उद्धार कार्य जारी रहेको जनाइएको छ।

भोटेकोशी बाढीका कारण सुरुङको प्रवेशद्वारमा ठूलो मात्रामा लेदो, ढुंगा तथा भग्नावशेष जम्मा भएपछि त्यसलाई हटाउँदै उद्धार टोली सुरुङभित्र प्रवेश गर्ने प्रयासमा थियो।