भण्डारीको सदस्यताबारे पार्टीले गरेको निर्णय सच्चाउने अवस्थामा पुग्छ: उपाध्पाय पाण्डे


काठमाडौ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले विद्या भण्डारीको सदस्यताका बारेमा पार्टीले गरेको निर्णय सच्चाउने अवस्थामा पुराइने दावी गरेका छन् । काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उपाध्यक्ष पाण्डेले पूर्वराष्ट्रपतिको सदस्यताबारे विधान अधिवेशनमा समेत फरक मत राख्ने भन्दै सदस्यताका बारेमा पार्टीले गरेको निर्णय सच्चाउने अवस्थामा पुराइने दावी गरे ।
उनले कोही व्यक्तिलाई पार्टीमा काम गर्नको लागि संविधानले निषेध नगरेको जिकिर गर्दै कोही व्यक्ति पार्टी सदस्य हुँदैमा अध्यक्ष नहुने उल्लेख गरे । पार्टीभित्रको फरक मत र फरक बहसलाई अनेक रुपमा व्यख्या गरिन थालिएको उल्लेख गर्दै पाण्डेले पार्टीको स्थापित मूल्य र मान्यताभित्र बसेर यो बहसलाई निष्कर्षमा पुराएर छाड्ने वताए ।
त्यस्तै उपाध्यक्ष पाण्डेले उमेरहद र कार्यकालका बिषयमा समेत विधान महाविधेशनमा विस्तृत छलफल हुने स्पष्ट पारे ।
नेकपा एमालेको विधान अधिवेशन निजिकदै गर्दा केन्द्रीय समितिको बैठक नवस्ने भएको छ । विद्या भण्डारी पक्षधरका नेताहरुले केन्द्रीय समिति बैठकमा फरक मत राख्ने तयारी गरेपछि केन्द्रीय समितिको बैठक समेत स्थगित गरिएको हो । अधिवेशनमा पेश हुने प्रतिवेदन सचिवालय मार्फत पठाउने तयारी भै रहेको एमालेले वताएको छ ।