भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४४ पुग्यो
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ३४४ पुगेको छ ।
नेपाल प्रहरीले शनिबार बिहान सार्वजनिक गरेको पछिल्लो खोज तथा उद्धारसम्बन्धी विवरणअनुसार हालसम्म १ हजार ३४४ शव फेला परेका छन्। यो विवरण शनिबार बिहान ५ बजेसम्मको हो।
प्रहरीका अनुसार फेला परेका शवमध्ये ५२ बालक, ३३ बालिका, २६९ महिला र ४८९ पुरुष छन्। त्यस्तै, ५०१ जनाको आंशिक अंग फेला परेको प्रहरीले जनाएको छ।
बाढीपछि अझै ४ हजार ८९८ जना सम्पर्कविहीन रहेको प्रहरीको तथ्यांक छ। सुरक्षाकर्मीले हालसम्म ८ हजार ६३१ जना बाढी प्रभावितको उद्धार गरेका छन्। बाढीका कारण २५ जना प्रहरी कर्मचारीसमेत सम्पर्कविहीन छन् भने ६५ जना प्रहरी कर्मचारी प्रभावित भएको प्रहरीले जनाएको छ।
खोज, उद्धार तथा राहतका लागि सुरक्षाकर्मीको ठूलो टोली परिचालन गरिएको छ। प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा हाल ७ हजार ९१२ जना सुरक्षाकर्मी परिचालन गरिएका छन्।







