सरकारको लक्षण राम्रो देखिएको छैन : प्रचण्ड

User Image Prime TV News १ हप्ता अगाडि
Image of सरकारको लक्षण राम्रो देखिएको छैन : प्रचण्ड

काठमाडौ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सरकारको लक्षण राम्रो नदेखिएको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले सरकारको कार्यशैलीका कारण राजनीतिक क्षेत्र, कर्मचारीतन्त्र र राज्यका विभिन्न निकायमा अन्योल देखिएको टिप्पणी गरे।

उनले सरकारका सकारात्मक काममा आफ्नो पार्टीको सहयोग र समर्थन रहने तर गलत कामको आलोचना र विरोध गर्ने नीति रहेको स्पष्ट पारे।

‘राम्रो गर्नुस्, सहयोग र समर्थन हुन्छ। नराम्रो गर्दा आलोचना, टिप्पणी र विरोध हुन्छ,’ प्रचण्डले भने, ‘अहिले पनि हाम्रो त्यही भनाइ हो, तर सरकारको लक्षण राम्रो देखिएको छैन।’

पूर्वप्रधानमन्त्री दाहालले पछिल्लो राजनीतिक अवस्थाप्रति राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र र नागरिक समाज थप गम्भीर र जिम्मेवार बन्नुपर्ने बताए।

उनले देशको स्वतन्त्रता, स्वाधीनता र भौगोलिक अखण्डतालाई सबैभन्दा माथि राख्नुपर्नेमा जोड दिए। लामो संघर्षबाट प्राप्त लोकतन्त्र र स्वतन्त्रताको संरक्षणका लागि सबै पक्ष एकजुट हुनुपर्ने उनको भनाइ थियो।