रौतहटमा पानीमा डुबेर तीन बालिकाको मृत्यु

User Image Prime TV News ११ महिना अगाडि
Image of रौतहटमा पानीमा डुबेर तीन बालिकाको मृत्यु

काठमाडौ । रौतहटको गौर नगरपालिका-१, कानुपट्टीस्थित भित्री सडकखण्डमा पानीमा डुबेर तीन बालिकाको ज्यान गएको छ।

घाँस काट्न जाँदै गरेका सात मध्ये चार बालिका तैरिएर जोगिन सफल भए पनि तीन बालिका डुबेर बेपत्ता भएका थिए। उनीहरूलाई उद्धार गरी अस्पताल लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

मृत्यु हुनेमा इन्दल बैठाकी १३ वर्षीया आस्था कुमारी बैठा, नवल यादवकी १५ वर्षीया रजनी कुमारी यादव र रूपा बैठाकी १५ वर्षीया मौसमी कुमारी बैठा रहेका छन्।

राजदेवी नगरपालिका–८, लक्ष्मीपुर टोलका सात बालिकामध्ये चार जना सकुशल छन् । डुबेका तीन जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ।