अल नासरलाई सिजनकै पहिलो हार, इत्तिहादसँग २–१ ले पराजित
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । साउदी प्रो लिगमा अल नासरले सिजनको पहिलो हार व्यहोरेको छ।
शनिबार भएको खेलमा अल नासरलाई अल इत्तिहादले २–१ ले पराजित गरेको हो। किङ अब्दुल्लाह स्पोर्ट्स सिटीमा भएको खेलमा घरेलु टोली इत्तिहादका लागि जर्ज इलेनिखेनाले दुई गोल गरे। अल नासरका एन्जेलो गाब्रियलले एक गोल फर्काए।
इलेनिखेनाले खेलको चौथो मिनेटमै गोल गर्दै इत्तिहादलाई अग्रता दिलाएका थिए। उनले २२औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता २–० बनाए।
३६औँ मिनेटमा गाब्रियलले गोल गर्दै अल नासरलाई खेलमा फर्काउने प्रयास गरे। तर, त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसकेपछि इत्तिहाद २–१ ले विजयी भयो।
जितसँगै इत्तिहादले पाँच खेलबाट ११ अंक जोडेको छ र चौथो स्थानमा छ। पहिलो हारपछि अल नासरको पाँच खेलबाट १२ अंक छ र टोली दोस्रो स्थानमा रहेको छ।







