सुनको मूल्य एकैदिन ३१ सय रुपैयाँ घट्यो
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेपाली बजारमा सुनको मूल्य आइतबार उल्लेख्य रूपमा घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार १ सय रुपैयाँले घटेर ३ लाख ४ हजार ३ सय रुपैयाँ कायम भएको छ। शुक्रबार सुन प्रतितोला ३ लाख ७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस दिन सुनको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँले बढेको थियो।
आइतबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ। शुक्रबार प्रतितोला ४ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४० रुपैयाँले घटेर ४ हजार ७ सय २५ रुपैयाँमा झरेको छ। महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा पनि सुनको कारोबार प्रतिऔंस ४ हजार ४ सय ३१ अमेरिकी डलरको आसपास भइरहेको छ।
शुक्रबारको तीव्र वृद्धिपछि आइतबार सुन र चाँदी दुवैको मूल्य घटेसँगै नेपाली बजारमा बहुमूल्य धातुको कारोबारमा पुनः उतारचढाव देखिएको छ।







