मदन पुरस्कार २०८२ विणा जोशीको ‘नेवार समुदायको परम्परागत मुकुन्डोनाच’लाई

User Image Prime TV News १ हप्ता अगाडि
Image of मदन पुरस्कार २०८२ विणा जोशीको ‘नेवार समुदायको परम्परागत मुकुन्डोनाच’लाई

काठमाडौ । मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार विणा जोशीको कृति ‘नेवार समुदायको परम्परागत मुकुन्डोनाच’लाई प्रदान गर्ने निर्णय गरेको छ।

गुठीका अध्यक्ष कुन्द दीक्षितका अनुसार मदन पुरस्कारका लागि यसअघि सार्वजनिक गरिएको उत्कृष्ट १० कृतिको सूचीमध्ये जोशीको उक्त कृतिलाई छनोट गरिएको हो। यस वर्षको जगदम्बा श्री सम्मान वरिष्ठ गीतकार किरण खरेललाई प्रदान गर्ने निर्णयसमेत गुठीले गरेको छ।

मदन पुरस्कारका लागि उत्कृष्ट १० कृतिको श्रेष्ठ सूची यसअघि नै सार्वजनिक गरिएको थियो। सोही सूचीबाट छनोट गर्दै ‘नेवार समुदायको परम्परागत मुकुन्डोनाच’लाई २०८२ सालको मदन पुरस्कार प्रदान गर्ने निर्णय भएको हो। मदन पुरस्कारको राशि चार लाख रुपैयाँ रहेको छ।

नेवार समुदायमा प्रचलित परम्परागत मुकुन्डोनाचको सांस्कृतिक, ऐतिहासिक तथा सामाजिक पक्षलाई समेटिएको उक्त कृतिलाई नेपाली वाङ्मय क्षेत्रमा महत्वपूर्ण योगदानका रूपमा मूल्यांकन गर्दै पुरस्कारका लागि छनोट गरिएको गुठीले जनाएको छ।