बार्सिलोनाको लगातार चौथो जित, भ्यालेन्सियामाथि ५–० को शानदार सफलता

User Image Prime TV News १ हप्ता अगाडि
Image of बार्सिलोनाको लगातार चौथो जित, भ्यालेन्सियामाथि ५–० को शानदार सफलता

काठमाडौ । साबिक विजेता बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो विजयी यात्रा चौथो खेलसम्म कायम राखेको छ।

आइतबार मेस्टाला रंगशालामा भएको खेलमा बार्सिलोनाले घरेलु टोली भ्यालेन्सियालाई ५–० ले पराजित गरेको हो। बार्सिलोनाको जितमा लामिन यामलले दुई गोल गरे भने फेर्मिन लोपेज, कप्तान राफिन्हा र पेड्रीले एक–एक गोल गरे।

खेलको छैटौँ मिनेटमै यामलले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। २२औँ मिनेटमा लोपेजले गोल थपेपछि पहिलो हाफमा बार्सिलोना २–० ले अघि रह्यो।

दोस्रो हाफ सुरु भएको पाँच मिनेटमै राफिन्हाले गोल गरेपछि बार्सिलोनाको अग्रता ३–० पुग्यो। ७९औँ मिनेटमा पेड्रीले चौथो गोल थपे। निर्धारित समय सकिन ६ मिनेट बाँकी रहँदा यामलले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको जित ५–० ले सुनिश्चित गरे।

लगातार चौथो जितसँगै बार्सिलोनाले चार खेलबाट १२ अंक जोडेको छ र शीर्ष स्थानमा उक्लिएको छ। भ्यालेन्सिया भने समान चार खेलबाट एक अंकसहित तालिकाको पुछारमा रहेको छ।