सुनको भाउ तोलामा २ हजार ४ सय रुपैयाँ घट्यो
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेपाली बजारमा सुनको भाउ आज तोलामा २ हजार ४ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँ तोकिएको छ। अघिल्लो दिन सुन प्रतितोला ३ लाख ४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ७ सय २५ रुपैयाँ रहेको चाँदीको भाउ आज ४ हजार ६ सय ९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।







