रवि लामिछाने र अमेरिकी विदेशमन्त्री रूबिओबीच टेलिफोन कुराकानी

User Image Prime TV News १ हप्ता अगाडि
Image of रवि लामिछाने र अमेरिकी विदेशमन्त्री रूबिओबीच टेलिफोन कुराकानी

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र अमेरिकी विदेशमन्त्री मार्को रूबिओबीच टेलिफोन कुराकानी भएको छ।

सोमबार भएको कुराकानीबारे लामिछानेको सचिवालयले जानकारी दिएको हो। कुराकानीका क्रममा रूबिओले भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै अमेरिका सरकार र नेपाली जनताको साथमा रहेको बताएका थिए।

लामिछानेले सरकारले सम्भव भएसम्म सबै शक्ति उद्धार तथा राहत वितरणमा परिचालन गरिरहेको बताएका थिए। उनले नेपाल भ्रमण गर्ने जुनसुकै देशका नागरिकको सुरक्षाका लागि नेपाल प्रतिबद्ध रहेको पनि बताएका थिए।

लामिछानेले कठिन समयमा नेपाललाई सहयोग गरेकोमा रूबिओलाई धन्यवाद दिएका थिए। रूबिओले नेपाललाई थप सहयोग गर्न अमेरिका तयार रहेको बताएका थिए।