बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न नुवाकोट पुगे राष्ट्रपति पौडेल
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत निरीक्षण गर्न पुगेका छन्।
राष्ट्रपति पौडेलले नुवाकोट पुगेर बाढी तथा डुबानबाट प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिनुका साथै भइरहेको खोज तथा उद्धार कार्यको अवलोकन गरेका छन्। राष्ट्रपतिको सचिवालयका अनुसार उनले प्रभावित क्षेत्रमा सञ्चालन भइरहेका खोज तथा उद्धार, राहत वितरण, होल्डिङ सेन्टर सञ्चालन र पुनर्स्थापनाका कामबारे सम्बन्धित अधिकारीसँग जानकारी लिएका छन्।
पौडेलले बाढी प्रभावितलाई अस्थायी रूपमा राखिएको होल्डिङ सेन्टरको समेत निरीक्षण गरेका छन्। सो क्रममा प्रभावित नागरिकको अवस्था, उनीहरूलाई उपलब्ध गराइएको राहत तथा आवश्यक सेवासुविधाबारे जानकारी लिइएको सचिवालयले जनाएको छ।
बाढीबाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा पुनर्स्थापनाका कामलाई प्रभावकारी बनाउनुपर्नेमा राष्ट्रपतिले जोड दिएका छन्।







